|
२०८२ कार्तिक २३
काठमाण्डौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१.८२ का लागि लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश –करसहित रहेका छन् ।
बैंकको हालको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार ६७९.५४ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख ५ हजार ४८४.६८ रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्