|
२०८२ आश्विन १०
काठमाण्डौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
हाल रहेको १४ अर्ब ७६ करोड पुँजीको ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरिएको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
2 Comments
Ruben391
September 26, 2025https://shorturl.fm/gCACz
Grayson1632
September 26, 2025https://shorturl.fm/FMkl1