पशुपति नजिकै झाडीमा युवती मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २८

काठमाडौं । काठमाडौँको पशुपतिनाथ नजिकैको झाडीमा एक युवती मृत भेटिएकी छन् । शंखरापुर नगरपालिका–५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन् ।

काठमाडौँ महानगरपालिका ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *