तीन दिनदेखि बेपत्ता रहेकी महिला मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

काठमाडौँ : तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला साेमबार बैतडीमा मृत फेला परेकी छन्। दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

उनी यहीँ असार ८ गते घरबाट हराएकी थिइन्। मृत भेटिएकी हेमन्ती विवाहित रहेकी खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका-६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *