काठमाडौंमा नवजात शिशु फे’ला, आमा प’क्रा’उ

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ ७

काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ ।

पवित्रनगरस्थित झाडीमा आज बिहान नवजात शिशु फेला परेको हो । ‘बिहानको समयमा नवजात शिशु रोएको स्थानीयले सुने छन्, गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर भयो । नवजात शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ,’डीएसपी प्रमेश विष्टले भने ।

प्रहरीले झाडीमा नवजात शिशु लगेर फाल्ने २० वर्षीय महिलालाई पनि नियन्त्रणमा लिएको छ । महाराजगञ्ज क्षेत्रमा डेरा गरी बस्ने महिला अविवाहित रहेको र उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *