इजरायली सेनाद्वारा हिजबुल्लाहको विभिन्न केन्द्रमा आक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ९

काठमाडौँ : इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको विभिन्न केन्द्रहरूमा हवाई आक्रमण सुरु गरेको छ।

इजरायली सेनाले हिजबुल्लाहले मिसाइल र रकेट आक्रमणको तयारी गरेको सूचनाका आधारमा हवाई आक्रमण सुरु गरेको बताएको छ। बीबीसीका अनुसार इजरायली डिफेन्स फोर्सका प्रवक्ता डेनियल हगारीले आत्मरक्षास्वरुप हिजबुल्लाहमाथि आक्रमण गरेको बताएका छन्।

लेबनानमाथि आक्रमण गर्नु अघि नै त्यस क्षेत्रका नागरिकलाई अन्त जान चेतावनी दिइएको पनि इजरायली सेनाले बताएको छ।

इजरायली सेनाले हिजबुल्लाहको हतियार डिपो र सैनिक भवनलाई लक्षित गर्दै आक्रमण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *