बेरुतमा इजरायली सेनाको आक्रमणः ९५ जनाको मृत्यु, १ सय ७२ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १५

काठमाडौँ : इजरायली सेनाले लेबनानाको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गरेको हवाई आत्रमणमा परी ९५ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार सोमवार राति इजरायली सेवनाले हिजबुल्लाहको बाहुल्य मानिएको बेरुतको दाहियाहमा आक्रमण गर्दा एक सय ७२ जना घाइते भएका छन्। आक्रमणमा हिजबुल्लाहका विभिन्न हतियार केन्द्रहरू पनि नष्ट भएका छन्।

यता लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो दुई सातामा लेबनानमा इजरायली सेनाले गरेको आक्रमणमा पनि एकहजारभन्दा बढी मारिएका छन् भने लाखौँ मानिस विस्थापित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *