दुर्गा प्रसाईं पक्राउपछि राजधानीमा उच्च सतर्कता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित घरबाट मध्यराति पक्राउ गरेपछि काठमाडौँ उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

समर्थकहरूले विरोध प्रदर्शन गर्ने सम्भावना रहेकाले रातिदेखिनै युनिटहरूलाई सर्कुलर जारी गरिएको प्रहरीले जनाएको छ।

हिंसा भड्काउन सक्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका प्रसाईं गत वर्षको हिंसात्मक आन्दोलनपछि अदालत आदेशमा रिहा भएका थिए।

उनी मंसिर ७ गतेबाट आन्दोलन सुरु गर्ने तयारीमा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *