|
२०८३ श्रावण १४
सुर्खेत, साउन १४ — धर्मका नाममा झारफुक र हेराइमनाइ गर्ने क्रममा एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि ‘पाथीभारा माता’ भनिने समीर थापा प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर–३ एरिचोकस्थित थापाको घरबाट उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका फोटो तथा भिडियोबारे स्थानीयले जानकारी दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्