कात्तिकभरि आन्दोलनको कार्यक्रम छैन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले कात्तिक महिनाभरि कुनै आन्दोलन कार्यक्रम नरहेको बताएका छन्।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरूसँगको छलफलमा उनले सरकारसँग वार्ताको टेबलमा बस्न तयार रहेको बताए।

प्रसाईंले गृहमन्त्रीसँग भेटको समय माग्दै पत्र पनि बुझाएका छन्।

सिडिओहरूका अनुसार हाल प्रसाईंको कुनै आन्दोलन कार्यक्रम छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *