मधेशमा शान्ति र एकताको पक्षमा सांसद सिंहको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १४

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेशको दिगो विकासका लागि सबै समुदायबीच सहकार्य र सद्भाव आवश्यक रहेको बताएका छन्। उनले विगतका आन्दोलन तथा हिंसात्मक घटनाले प्रदेशको विकास, शिक्षा र आर्थिक गतिविधिमा नकारात्मक असर परेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले अब विभाजन र द्वन्द्वभन्दा विकासलाई प्राथमिकता दिनुपर्ने समय आएको बताएका छन्। उनले सबै वर्ग र समुदायलाई एकताबद्ध भएर समृद्ध मधेश निर्माणमा जुट्न आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *