|
२०८३ श्रावण १४
भद्रपुर :झापाको बिर्तामोड–५ मा बिहीबार बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ। प्रहरीका अनुसार गणेश पोख्रेलको घरमा विद्युत् चुहावट (सर्ट) भएपछि आगो फैलिएको थियो।
बिर्तामोड, भद्रपुर र मेचीनगरका दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ। घटनाबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्