|
२०८३ श्रावण १४
काठमाडौं, साउन १४ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अनुसन्धानका क्रममा चौधरीको वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी खर्च तथा लगानी गरेको पाइएको छ। उक्त रकमको स्रोत पुष्टि हुन नसकेको भन्दै आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो।
आयोगले बिगो बराबर जरिवाना, कैद तथा अवैध सम्पत्ति जफतको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ। साथै, उनकी श्रीमती अर्पना कुमारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्