दुर्गा प्रसाईंलाई म्याद थप्न अदालत लगियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ५

काठमाडौं : साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको छ।बुधबार बिहान प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौंमा लगिएको हो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। केन्द्रीय अनुसन्‍धान ब्युरो (सिआइबी)ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनकै निवासबाट जिल्ला प्रहरी परिसर भक्तपुरबाट २५ जनालाई नियन्त्रणमा लिएको थियो। १५ जनालाई भने राति नै छाडेको थियो।

यता प्रसाईंमाथि अनुसन्धान गर्न सिआइबीले साइबर ब्युरोमा पठाएको थियो। ब्युरोले अबेरमात्रै प्रसाईंलाई बुझेपछि नभ्याएको भन्दै अदालतमा पेश गरेको थिएन। कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले ती व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *