दूधको रकम अड्किँदा दमकका दुग्ध उत्पादक चिन्तित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १४

झापाको दमकस्थित एक दुग्ध सहकारीले लामो समयदेखि दूध बिक्रीको रकम नदिँदा करिब दुई सय किसान आर्थिक समस्यामा परेका छन्। हालसम्म ६० किसानको रु २२ लाख ६५ हजारभन्दा बढी बक्यौता पुष्टि भएको छ भने अन्य किसानले पनि भुक्तानी पाउन बाँकी रहेको बताएका छन्।

पीडित किसानले सहकारीमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दिएका छन्। सहकारीका अध्यक्षले बक्यौता रहेको स्वीकार गर्दै संस्थाको सम्पत्ति व्यवस्थापनमार्फत सबै रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।

यता, दमक नगरपालिकाले सहकारीको अवस्था र वित्तीय गतिविधिबारे अध्ययन भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *