काठमाण्डौँ । दुर्गा प्रसाईंले वर्तमान सरकार नटिक्ने र देशमा राजाको आवश्यकता रहेको बताएका छन् । उनले हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको र सडकको सरकार घोषणा गर्ने बताएका हुन् ।
प्रसाईंले वर्तमान संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने दिन आउने दाबी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन् ।
उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको बताए ।
प्रसाईंले हालैको राजनीतिक घटनाक्रम र सरकार गठनप्रति तीव्र आक्रोश व्यक्त गर्दै यो सरकार टिक्दै टिक्दैन, यो डलरमा आएको बताएका छन् । यस्तै उनले आफ्नो आन्दोलनलाई कसैले रोक्न नसक्ने समेत दाबी गरे । आफ्नो अभियान हिन्दु राष्ट्र स्थापनाका लागि भएको र त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्