काठमाण्डौँ । दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेका छन् ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् ।
यो पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।
दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो । भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ ।
निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगे/नपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने बताउँदै आएको छ । मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्