देशभर मौसम मुख्यतया सफा, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाडौं, असोज ३० – देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज (बिहीबार) दिउँसो अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

त्यस्तै, आज राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *