आज दिउँसो कोशीको पहाडी भेगमा हल्का वर्षा, राति देशभर मौसम सफा रहने पूर्वानुमान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

काठमाडौं, असोज २९ — देशभर हाल कुनै विशेष मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बुधबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशभर मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ (२०२५ अक्टोबर १५)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *