बाँकेमा बाघ संरक्षणको सफलताः संख्या दोब्बरभन्दा बढी वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १३

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा बढेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार निकुञ्जमा बाघको संख्या २५ बाट बढेर ५१ पुगेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार आहार प्रजातिका लागि घाँसे मैदान व्यवस्थापन, बासस्थान संरक्षण र पानीको व्यवस्थापनले बाघको संख्या वृद्धि गर्न सहयोग पुगेको छ । वन्यजन्तुका लागि कृत्रिम पानी पोखरी निर्माण र स्थानीय समुदायको सहकार्यले पनि संरक्षण अभियान प्रभावकारी बनेको उनले बताए ।

बाँके राष्ट्रिय निकुञ्ज सन् २०१० मा बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्र समेटेर स्थापना गरिएको हो । यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण बासस्थानका रूपमा चिनिन्छ । यहाँ विभिन्न दुर्लभ वन्यजन्तु, चरा तथा जैविक विविधता पाइन्छन् । संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण भने अझै चुनौतीका रूपमा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *