|
२०८३ जेष्ठ १९
चितवन, जेठ १९ — चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको मुख्य आहारा बन्ने वन्यजन्तुको अवस्था अध्ययन गर्न विशेष सर्वेक्षण सुरु गरिएको छ।
निकुञ्ज प्रशासनका अनुसार बाघ पाइने क्षेत्रहरूमा सयौँ अध्ययन बिन्दु निर्धारण गरी चितल, जरायो, बँदेललगायत आहारा प्रजातिको संख्या र अवस्थाबारे तथ्याङ्क सङ्कलन भइरहेको छ।
सर्वेक्षणबाट प्राप्त नतिजाले बाघ संरक्षण तथा आहारा प्रजातिको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्