|
२०८३ श्रावण १३
काठमाडौं । विश्व बाघ दिवसको अवसरमा नेपालले पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बुधबार मन्त्री गीता चौधरीको उपस्थितिमा नयाँ तथ्यांक सार्वजनिक गर्न लागेको हो।
नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ। सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ वटा बाघ रहेका थिए। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ भेटिएका थिए।
पछिल्लो समय बाघको बासस्थान सुधार, संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन र आहारा प्रजातिको वृद्धिले यसपटक बाघको संख्या बढ्ने अनुमान गरिएको छ। बाघलाई स्वस्थ पारिस्थितिक प्रणालीको महत्वपूर्ण सूचक मानिन्छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्