आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु, युवा खेलाडीसँगै सुखद् नतिजाको खोजिमा नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा आज आयोजक नेपाल र भारत भिड्दैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपरान्ह्र ३ : ३० बजेबाट सुरु हुनेछ।

यी दुई टोली समूहमा ‘ए’मा छन् । । सन् २०२४ मा भएको च्याम्पियनसिपको पहिलो संस्करणमा पनि यी दुई टोली भिडेका थिए ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो। तर, फाइनलमा भने सोही स्कोर उल्टाउँदै भारतले उपाधि हात पार्‍यो । नेपाललाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेकी अरुणा शाही अहिले अस्ट्रेलियामा छिन् ।

उनीसँगै हिटर सरस्वती चौधरी, आउटसाइड हिटर पुनम चन्द, ब्लकरद्वय कविता भट्ट र साफिया पुन तथा उदीयमान खेलाडी मनीषा चौधरी पनि यसै वर्ष अस्ट्रेलिया पुगेका छन् ।

अघिल्लो टोलीबाट निरुता र उषासँगै मिडल ब्लकर सुमित्रा रेग्मी, लिबेरोद्वय सलिना श्रेष्ठ र शान्तिकला तामाङ, स्पाइकरद्वय कामना विष्ट, सेटर प्रगति नाथ मात्र टोलीमा बाँकी छन्। आरती सुवेदीले भने अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

सिनियरको अभावसिर्जित ‘ग्याप’ पूरा गर्न केही नयाँ खेलाडीलाई अवसर दिइएको छ। टोलीमा सलिना बुढा मगर र जसना महतोलाई समावेश गरिएको छ।

त्यस्तै, यू(१९ र यू(२० राष्ट्रिय टोलीबाट अनुभव बटुलेका खेलाडीलाई पनि राखिएको छ। एलिसा मानन्धर, वसन्ती साउद, सुनीता खत्री, रिमा कुँवर र मीना सुनुवारलगायत खेलाडी अहिले टोलीमा छन् ।

यमुना रसाइली, आसिका क्षेत्री र जेनिसा विश्वकर्मालगायत केही खेलाडी भने स्थान बनाउन सकेनन्। कप्तान निरुताले विगतमा फाइनलमा पुगेर हारेको कारण पनि यसपल्ट ‘प्लस पोइन्ट’ हुने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *