रास्वपा सांसद इन्दिरा राना मगरको सभापति लामिछानेलाई प्रश्न, सुकुमवासी व्यवस्थापनमा पार्टीको धारणा के ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाडौं । सत्तारूढ रास्वपा सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्तीको व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धाारणा के हो भन्दै सभापतिलाई गरेकी छिन् ।

शुक्रबार सिंहदरबारमा सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

उक्त छलफलमा भाग लिँदै सांसद मगरले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् ।

‘प्रदेशगत समस्याहरूबारेमा सभापतिसँग छलफल गरेका हौँ । यो सुकुम्बासी बस्ती व्यवस्थापनको सम्बन्धमा हाम्रो पार्टीको धारणा के हो ? मैले स्पष्टसँग पार्टीको धारणा आउनुपर्ने कुरा राखें,’ उनले भनिन् ।

केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *