जेन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग आजदेखि सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । जेन जी आन्दोलनका कारण स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल आजदखि सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज दुई खेल हुँदैछ । कर्णाली यशविसले र मधेश युनाइटेडबीच पहिलो खेल भएको छ ।

त्यस्तै साँझ ५ बजे सुरु हुने खेलमा शीर्ष स्थानको ललितपुर क्विन्स र पोखरा निन्जाजबीच हुनेछ । पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को‌ आन्दोलनका कारण स्थगित भएको थियो ।

लिगको १६ मध्ये ९ खेल पोखरा भईसकेको थियो । आजबाट सुरु हुने खेलमा भने विदेशी खेलाडी हुने छैनन् । हरेक टोलीमा रहेका ९ खेलाडीबाट खेल सक्ने सहमति अनुसार बाँकी खेल हुने इडब्लुभीका प्रतियोगिता संयोजक जगदिश भट्टले‌ जानकारी दिएका छन् ।

हरेक टोलीले मार्की, ७ खेलाडी अक्सन, १ खेलाडी ट्यालेन्ट हन्ट र ३ विदेशी खेलाडी लिएका थिए । इडब्लुभीमा ६ टोली सहभागी छन् । गत वर्ष कर्णालीले उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *