|
२०८३ जेष्ठ ८
काठमाडौं । नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमन्डपबाट र्याली सहित पुतलीसडक हुँदै प्रज्ञा भवन कमलादी पुगेर महाधिवेशन औपचारिक रुपमा सुरु भएको हो ।
र्यालीमा मगर समुदायका पहिचान झल्कने पहिरनसहित विभिन्न सांस्कृतिक प्रदर्शन समेत गरिएको थियो ।
महाधिवेशन आजदेखि तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनको उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गर्ने कार्यक्रम छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्