एभरेस्ट महिला भलिबल लिग आजदेखि सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २०

काठमाण्डौँ । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजदेखि पोखरामा शुरू हुँदैछ । पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियागिताको उद्घाटन खेलमा आज साबिक विजेता कर्णाली यश्विस र घरेलु टोली पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुँदै छ ।

यो खेल दिउँसो २ बजे शुरू हुनेछ । यस्तै आजनै दिउँसो ४ बजे ललितपुर क्विन्स र मधेश युनाइटेड पनि खेल्दैछन् । ललितपुर गत संस्करणको उपविजेता हो । पोखरामा भलिबलको बढ्दो उत्साह र दर्शकको साथले प्रतियोगितालाई विशेष बनाएको छ । प्रतियोगितामा छ वटा फ्रेन्चाइच टोलीले खेल्दैछन् । कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज दोस्रो संस्करणका प्रतिस्पर्धी हुन् ।

फ्रेन्चाइज टोली कर्णालीले सुमित्रा रेग्मी, पोखराले प्रगति नाथ, मधेशले निरुता ठगुन्ना, लुम्बिनीले अरुणा शाही, काठमाण्डौले उषा भण्डारी र ललितपुरले सलिना श्रेष्ठलाई मार्की खेलाडी बनाएको छ । प्रगतिबाहेक अरू सबै पहिलो संस्करणका पनि मार्की हुन् । सबै टोलीले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । लिग चरणमा १५ खेल हुनेछ । सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोलीले आउँदो भदौ २८ गते उपाधिका लागि खेल्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *