कास्की जिल्ला अदालतद्वारा रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी प्रकरणमा सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता स्वीकृत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाण्डौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने सरकारी पक्षको निवेदन स्वीकृत गरेको छ ।

जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले शुक्रबार सरकारी वकिल कार्यालयबाट दर्ता भएको निवेदन स्वीकार गर्दै ती दुई कसुरसम्बन्धी अभियोग हटाउन अनुमति दिएको हो ।

अदालतको पछिल्लो आदेशसँगै लामिछाने, सूर्यदर्शन प्रकरणका मुख्य अभियुक्त मानिएका जीबी राई (गितेन्द्रबाबु राई), पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी आरोप मात्रै कायम रहने भएको छ ।

यसअघि उनीहरूमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुरमा अभियोजन गरिएको थियो ।

यो प्रकरणमा अभियोग संशोधनको प्रक्रिया नयाँ सरकार गठनपछि सुरु भएको थियो ।

तीनवटा कसुरमा सुरु भएको सूर्यदर्शन सहकारी प्रकरण अहिले सहकारी ठगीमा सीमित भएको छ भने बाँकी अभियोग अदालतको स्वीकृतिसँगै औपचारिक रूपमा हट्ने प्रक्रियामा पुगेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *