|
२०८२ कार्तिक १८
काठमाण्डौँ । श्रीलंकामा काभा महिला यु-१९ च्याम्पियनसिपमा आज सुरु हुँदैछ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ।
त्यसअघि आयोजक श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ।
राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
गत वर्ष भएको महिला यु-२० च्याम्पियनसिपमा भन्दा यसपटक लामो समयको तयारी भएकाले सुखद नतिजाको अपेक्षा राखिएको टोलीका मुख्य प्रशिक्षक कुमार राईले बताएका थिए । उनको प्रशिक्षणमा यु-२० टोलीले गत वर्ष कास्य पदक जितेको थियो ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्