काठमाण्डौँ । फिफा विश्वकप २०२६ का लागि न्युजिल्यान्डले अन्तिम टोली घोषणा गरेको छ ।
आगामी जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकपका लागि न्युजिल्यान्डले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
यसअघि विश्वकप पुग्न प्लेअफ खेल्दै आएको न्युजिल्यान्डले यसपटक ओसियाना क्षेत्रको छनोटमा शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको हो ।
‘समूह जी’ मा रहेको न्युजिल्यान्डले समूह चरणमा बेल्जियम, इजिप्ट र इरानसँग खेल्नेछ ।
न्युजिल्यान्डको अन्तिम टोलीमा गोलकिपर : म्याक्स क्रोकोम्ब, एलेक्स पाउलसेन, माइकल वाउड,
डिफेन्डरः टेलर बिनडन, माएकल बोक्सल, लिबेराटो काकास, फ्रान्सिस डे उरिएस, कालन एलिएट, टिम पाएने, नान्दो पि जिनाकर, टोमी स्मित, फिन सुर्मान
मिडफिल्डर : लाचलन बाएलिस, जोए बेल, एलेक्स रुफर, मार्को स्टामेनिक, राएन थोमस ।
फरवार्ड : कोस्टा बारबारोउसेस, म्याट गार्बेट, एलि जस्ट, कालुम म्याकोवाट, बेन ओल्ड, जेसे रानबल, सर्प्रित सिंह, बेन वाएन, क्रिस उड रहेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्