टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २४

काठमाण्डौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ ।

भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको थियो । घरेलु टोली भारत टी–२० विश्वकपको साविक विजेता टोली पनि हो ।

गएको माघ २४ गते अर्थात् फेब्रुअरी ७ तारिखदेखि भारत र श्रीलंकामा शुरु भएको प्रतियोगितामा २० टोली सहभागी थिए । नेपाल यो टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *