|
२०८३ बैशाख ८
काठमाण्डौँ । नेपाल र युएईबीचको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । खेल कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा बेलुका ५ बजेदेखि शुरु हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । खेल वर्षाले प्रभावित भएको थियो । पहिलो खेल जीतेको युएईसँग शृङ्खला बराबरी गर्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र युएईबीच अहिलेसम्म १२ खेल भएकोमा दुवैले समान ६/६ खेल जितेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि टी–२० शृङ्खलाका लागि दीपेन्द्रसिंह ऐरी र लिग–टु शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । नेपाल, युएई र ओमान सम्मिलित लिग–टु वैशाख १२ देखि २२ गतेसम्म हुनेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्