नेपाल र यूएईबीच आज दोस्रो ओडिआई, दुवै टोली पहिलो जीतको खोजीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाडौँ – आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलामा नेपालले आज यूएईसँग आफ्नो दोस्रो खेल खेल्दैछ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ।

जारी शृंखलामा दुवै टोलीले आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजय बेहोरेका थिए। नेपालले १०६ रनको हार भोग्दा, यूएई ४ विकेटले पराजित भएको थियो। आजको खेल दुवै टोलीका लागि शृंखलामा पहिलो जितको अवसर हो।

नेपाल र यूएईबीच हालसम्म १५ ओडिआई खेल भइसकेका छन्। यसमध्ये नेपाल ९ खेलमा विजयी भएको छ भने यूएई ६ खेलमा सफल भएको छ।

लिग २ को हालको तालिकामा अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ। नेपाल १७ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको छ भने यूएई १७ खेलमा ६ अंकसहित पुछारमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Bernadette4861

    October 30, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *