|
२०८३ बैशाख ७
काठमाण्डौ । ओमान, स्कटल्यान्ड र अमेरिकासँगको क्रिकेट शृङ्खलाका लागि नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा भएको छ । पर्सि देखि शुरू हुने ५० ओभरको प्रतियोगिताका नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
नेपाली ‘ए’ टोलीले मूलपानी क्रिकेट मैदानमा ओमान, स्कटल्यान्ड र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो । प्रतियोगिता यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल ‘ए’ टोलीको मुख्य प्रशिक्षकमा राजु बस्न्यात र सहायक प्रशिक्षकमा प्रकाश शर्मा रहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्