काठमाण्डौँ । टी–२० आई शृङ्खलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई हराएको छ ।
कीर्तिपुरको त्रिवि रंगशालामा सोमबार भएको अन्डर लाइट्स खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथडमा’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो ।
जवाफमा युएईले ८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए पनि जिताउन सकेनन् । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए । यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट लिए ।
वर्षा हुदाँ खेल केहिबेर रोकिएको थियो । यो खेलसँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्