|
२०८२ भाद्र १२
काठमाण्डौँ । साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ।
बिहीबार सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए । नन्दन यादवले २ र रोहितकुमार पौडेलले १ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले २-२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १-१ विकेट लिए ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्