काठमाण्डौँ । हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल पराजित भएको हो ।
११३ रनको लक्ष्य पछ्याएको नेपाल १७ रनले पराजित भएको हो । कप्तान सन्दीप जोराले अर्धशत प्रहार गरेको खेलमा नेपालले २ विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो ।
लोकेश बमले १० तथा रसिद खान र मोहम्मद आदिल आलमले ११-११ रन जोडेका थिए । हङकङमा जारी हङकङ सिक्सेसमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो।
अफगानिस्तानका लागि सिद्धिकउल्लाह उचाले ४३ रन बनाए। त्यस्तं करिम जनतले ३५ रन जोड जोडे। साफीले ३० र कप्तान गुलबदिन नइबले २० रनको योगदान गरे ।
बलिङतर्फ नेपालका रसिद खानले चार विकेट लिए। उनले चौथो ओभरमा ह्याट्रिकसमेत गरेका छन् । खेलमा लोकेश बमले एक विकेट लिए ।
नेपाली टोलीमा कप्तान सन्दीप जोरा, आदिल अन्सारी, लोकेश बम, बसिर अहमद, रशिद खान र रुपेशकुमार सिंह रहेका छन् ।
यस संस्करणमा नेपाल समूह ‘ए’ मा छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्