|
२०८२ फाल्गुन १
काठमाण्डौँ । नेपाललाई पराजित गर्दै पाकिस्तान ‘ए’ले महिला एसिया कप राइजिङ स्टार्समा विजयी सुरुआत गरेको छ।
शुक्रबार सम्पन्न समूह ‘ए’ को खेलमा पाकिस्तान ३० रनले विजयी भएको हो ।
पाकिस्तान ‘ए’ ले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।
बिन्दु रावलले ४५ बलमा सर्वाधिक ३९ रन बनाइन् । कविता कुँवर १८ र सिता रानामगर १९ रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
पाकिस्तान ‘ए’ की अनोशा नासिरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन्। मोमिना रियासतले २ तथा वहेदा अख्तरले १ विकेट लिइन्।
त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्