काठमाण्डौँ । नवौँ केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । न्यु डायमण्ड र पुलिसले एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
बिहीबार भएको दोस्रो खेलमा न्यु डायमण्डले एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्याे । लगातार दुई खेल जितेका न्यु डायमण्ड र पुलिस दुवैले समान ५ अंक जोड्दै फाइनल यात्रा सुरक्षित गरेका छन् । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी लाई ३–२ ले पराजित गर्दै १ अंक जोडेको थियो ।
आज न्यु डायमण्ड र पुलिसबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्