न्यु डायमण्ड र हेल्प नेपाल उपाधिसहित विधागत पुरस्कारमा पनि वर्चस्व

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधिसहित विधागत पुरस्कारमा पनि वर्चस्व जमाएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा महिलातर्फ न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै च्याम्पियन बन्यो भने पुरुषतर्फ हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जित्यो । महिलातर्फ उपविजेता पुलिस र पुरुषतर्फ आर्मी बनेका छन् ।

महिलातर्फ विधागत पुरस्कार

सर्वोत्कृष्ट खेलाडी (एमभीपी) को उपाधि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रतिभा मालीले जितिन् । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यस्तै अन्य सबैले ट्रफीसहित १५ हजार प्राप्त गरेका छन् ।

अन्य विधागत पुरस्कारतर्फ

उत्कृष्ट सर्भर : सरस्वती कडेल (नेपाल पुलिस क्लब)

उत्कृष्ट स्पाइकर : निरुता ठगुन्ना (एपीएफ क्लब)

उत्कृष्ट ब्लकर : सुमित्रा रेग्मी (न्यु डायमण्ड)

उत्कृष्ट सेटर : प्रगति नाथ (न्यु डायमण्ड)

उत्कृष्ट लिबेरो : सलिना श्रेष्ठ (न्यु डायमण्ड)

उत्कृष्ट प्रशिक्षक : कुमार राई (न्यु डायमण्ड)

पुरुषतर्फ विधागत पुरस्कार

सर्वोत्कृष्ट खेलाडी (एमभीपी) को उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबका फखर उदिनले जिते । उनले पनि २५ हजार पाए।

अन्य विधागत पुरस्कारतर्फ

उत्कृष्ट सर्भर स् चिरञ्जीवी खड्का (हेल्प नेपाल)

उत्कृष्ट स्पाइकर : मुवासर राजा (हेल्प नेपा)

उत्कृष्ट ब्लकर : दुर्गा बहादुर खड्का (त्रिभुवन आर्मी)

उत्कृष्ट सेटर : हरिहजुर थापा (त्रिभुवन आर्मी)

उत्कृष्ट लिबेरो : भिम बहादुर गाह (नेपाल पुलिस क्लब)

उत्कृष्ट प्रशिक्षक : उत्सव खड्का (हेल्प नेपाल स्पोर्ट्स क्लब)

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकहरूलाई विधागत पुरस्कार प्रदान गरिएको आयोजक नेपाल भलिबल संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *