|
२०८२ पुष २३
काठमाडौँ । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जितसँगै न्यु डायमन्डले ३ अंक जोडेको छ ।
भर्खरै नवौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिप जितेको न्यु डायमन्डलाई आर्मीले कुनै पनि सेटमा चुनौती दिन सकेन । न्यु डायमन्डले खेल २५–१६, २५–१५ र २५–१७ ले आफ्नो बनाएको हो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्