काठमाण्डौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसँग खेल्ने अमेरिकाको टोली घोषणा भएको छ । उद्घाटन खेलमा भोलि नेपाल र अमेरिका खेल्दैछन् । यो खेल बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा शुरू हुनेछ ।
लिग–२ का लागि यूएस क्रिकेटले मोनाक पटेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । प्रतियोगितामा घरेलु टोली यूएईसहित, नेपाल र अमेरिका रहेका छन् । ३ वटै टोलीले एकअर्कासँग समान २ खेल खेल्नेछन् ।
प्रतियोगिताका लागि यसअघि रोहित पौडेलको कप्तानीमा नेपाली टोली र राहुल चोपडाको कप्तानीमा यूएईको टोली घोषणा भइसकेको छ ।
८ वटा सम्मिलित लिग–२ तालिकामा नेपाल १६ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ । यस्तै अमेरिका २० खेलमा २८ अङ्कसहित दोस्रो र यूएई १६ खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ ।
अमेरिकी टोलीमा मोनाक पटेल (कप्तान) , जेसी सिंह, सौरभ नेत्रावलकर, रुशिल उगरकर, नोस्थुश केन्जिगे, मिलिन्द कुमार, स्मित पटेल, शायन जहान्गिर, जुआनोय ड्रिसडेल, सञ्जय कृष्णमूर्ति, हरमित सिंह, यासिर मोहम्मद, साइतेजा मुक्कामल्ला, शुभम रञ्जने र एन्ड्रिज गौस रहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्