वेस्ट इन्डिज टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

काठमाण्डौँ । वेस्ट इन्डिजसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा मोहम्मद आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यस्तै जोरा पनि सन् २०२४ को टी–२० विश्वकपपछि टोलीमा समावेश भएका हुन् ।

नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो असोज ११, १३ र १४ गते संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ ।

नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *