महाकुलुङमा सञ्चालन भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १८

सोलखुम्बु । महाकुलुङमा आयोजित चाक्चाकुर तथा खेलकुद, सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ‘मुन्धुम ट्रेल भ्रमण वर्ष–२०२५’ समापनसँगै चाक्चाकुरको अवसरमा पुष १५ गतेदेखि आयोजना भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा कुलुङ पुर्खाको विशेष प्रस्तुति, कुलुङ भाषा, भेषभूषासहितको सांस्कृतिक नृत्य प्रस्तुती, विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन भएको थियो । खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान तथा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले परम्परागत तथा आधुनिक खेलहरू समेटिएको आयोजक समितिले जनाएको छ ।

पुष १७ गते विभिन्न स्थानीय कलाकार तथा राष्ट्रिय कुलुङ कलाकारहरुले प्रस्तुती दिएका थिए भने १८ गते शुक्रबार ‘द भ्वइस अफ नेपाल’ सिजन ६ का प्रतियोगित इन्द्रकला राई र परेस राईको प्रस्तुती दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *