माप्यदुधकोशीमा शिक्षक महासंघद्वारा खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा शिक्षक कर्मचारीको वडास्तरीय तथा साविक गाविस स्तरीय विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ स्थानीय कार्यसमिति माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महिला तथा पुरुष भलिबल, खुला महिला ब्याटमिन्टन, लोकदोहोरी, नृत्य लगायत प्रतियोगितामा समावेश गरिएको थियो । जसमा वडा स्तरीय भलिबल पुरुष तर्फ ८ टिमको सहभागिता रहेको थियो । जसमा प्रथम जुभिङ १ को बि टिम भएको थियो भने द्धितीय र तृतीय जुभिङ ए टिम र साविक वाकु ६ भएको थियो । पुरस्कार क्रमशः १० हजार, ८ हजार र ६ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

यस्तै, साविक महिला वडास्तरीय भलिबल प्रतियोगितमा ४ टिमले सहभागिता जनाएका थिए । जसमा प्रथम जुभिङ, द्धितीय वाकु, तृतीय बासा र वाकु भएका थिए । उक्त टिमले क्रमश ः १० हजार, ८ हजार र २ २ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यता, खुल्ला एकल महिला शिक्षक ब्याटमिन्टन प्रतियोगितामा २२ जनाले सहभागिता जनाएका थिए । प्रथम वडा नम्बर १ का स्वस्तिका राई, द्धितीय वडा नम्बर ७ का नलिका राई, तृतीय वडा नम्बर २ का शशिकला राई र वडा नम्बर ४ का नौबरी राई भएका थिए । उनीहरुलाई क्रमशः २ हजार ५ सय, १ हजार ५ सय, र १ १ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी, खुल्ला वडास्तरीय युगल नृत्य प्रतियोगितमा ६ टिमको सहभागीता रहेको थियो । प्रथम वडानम्बर ७, द्धितीय वडा नम्बर ५, तृतीय वडा नम्बर ३ भएको थियो । उनीहरुलाई क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय र २ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खुल्ला साविक गाविस स्तरीय लोकदोहोरी प्रतियोगितामा ५ टिमले सहभागिता जनाएका थिए । जसमा प्रथम वाकु, द्धितीय काकु, तृतीय बासा भएको थियो । उनीहरले क्रमशः ५ हजार, ४ हजार, ३ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता शुक्रबार सुरु भएर हिजो सम्पन्न भएको नेपाल शिक्षक महासंघ स्थानीय कार्यसमिति माप्यदुधकोशीका अध्यक्ष देबी कुमारी राईले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गौरव राई, अतिथिहरुमा नेपाल शिक्षकमहासंघ जिल्ला कार्यसमिति अध्यक्ष जनक कुमार थापा, नेपाल प्रगतीशील शिक्षक संगठन केन्द्रीय सचिव होमा कटेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य टंक प्रसाद दाहाल, नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष मदन राई, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति अध्यक्ष खिलक कार्की, नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सचिव सुर्य बहादुर बस्नेतलगायत विभिन्न शिक्षक कर्मचारीको उपस्थि रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *