|
२०७८ आश्विन २०
सोलुखुम्बु । सुम्निमा खालिङ्ग परिवारले दशैं विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । माप्या तीन मा दशैं विषेश सांस्कृतिक साँझ कार्यक्रम हुने भएको हो ।
नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पाररे सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिका ३ खास्तापमा सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरिएको हो ।
सुम्निमा खालिङ्ग परिवारको आयोजनामा हिमालय मा.विको प्राङगण बासा खास्तापमा यहि असोज २७ गत गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा वृहत कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा नाँचगान तथा हास्यव्यंग्य लगायतका मनोरन्जनात्मक प्रस्तुती देखाइने आयोजक संस्थाका अध्यक्ष पार्बुहाङ खालिङ राईले जानकारी दिनुभयो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्