सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले ‘मुन्धुम ट्रेल भ्रमण वर्ष–२०२५’ को समापन तथा कुलुङ जातिको प्रमुख चाड मिनारी दाचाम चासुम्लो निङदोङ फाइम (चाक्चाकुर) को अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम यहि पौष १५ देखि १८ गतेसम्म गुदेलस्थित गुदेल माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुनेछ । कार्यक्रममा खुला महिला तथा पुरुष भलिबल, ब्याडमिन्टन, छेलो, म्याराथन,धनुषवाणलगायत खेलकुद प्रतियोगिताको साथमा सै राजा सै सै, कुलुङ भाषाको ट्याक गायन र नृत्य प्रतियोगिता समावेश गरिएका छन् ।
जसमा पुरस्कारहरु महिला/पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम, द्धितीय,तृतीय र सान्तवना हुने टिमलाई क्रमश : ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैँयासहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
ब्याटमिन्टन महिला/पुरुषतर्फ प्रथम, द्धितीय,तृतीय हुने टिमलाई क्रमश : १५ हजार, १० हजार, ८ हजारको साथमा ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
छेलो अर्थात सटपुट महिला/पुरुषतर्फ प्रथम, द्धितीय,तृतीय र सान्तवना हुने खेलाडीलाई क्रमश : ४ हजार, ३ हजार, २ हजार र १ हजारसहति प्रमाणपत्र प्रदान गरिने छ ।
म्यराथन महिला/पुरुष प्रतियोगितातर्फ प्रथम, द्धितीय,तृतीय र सान्तवना हुनेलाई क्रमश : ३० हजार,२० हजार, १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी,धनुषवाण प्रतियोगितातर्फ क्रमश : ४ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमानपत्र वितरण गरिनेछ ।
सै राजा सै सै प्रतियोगितातर्फ प्रथम, द्धितीय,तृतीय र सान्तवना हुनेलाई क्रमश : ४ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, ट्याक गायन प्रतियोगिताका विजेतालाई क्रमश : १० हजार, ८ हजार, ६ हजार र ४ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने छ ।
स्थानीय संस्कृति, परम्परा संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागिता जनाई कार्यक्रम सफल बनाउन महाकुलुङ गाउँपालिकाले सबै सरोकारवाला र सर्वसाधारणलाई आग्रह गरेको छ ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्