सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले ‘मुन्धुम ट्रेल भ्रमण वर्ष–२०२५’ को समापन तथा कुलुङ जातिको प्रमुख चाड मिनारी दाचाम चासुम्लो निङदोङ फाइम चाक्चाकुर कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको छ । भोलिदेखि १८ गतेसम्म गुदेलस्थित गुदेल माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुने कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको हो ।
कार्यक्रममा खुला महिला तथा पुरुष भलिबल, ब्याडमिन्टन, छेलो, म्याराथन,धनुषवाणलगायत खेलकुद प्रतियोगिताको साथमा सै राजा सै सै, कुलुङ भाषाको ट्याक गायन र नृत्य प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न खेलकुद प्रतिययोगिता र संस्कृतिक कार्यक्रम रहनेछ । पुष १७ गते विभिन्न स्थानीय कलाकार तथा राष्ट्रिय कुलुङ कलाकारहरुले प्रस्तुती दिनेछन् भने १८ गते अन्तिम दिन ‘द भ्वइस अफ नेपाल’ सिजन ६ का प्रतियोगित इन्द्रकला राई र परेस राईको प्रस्तुती रहने छ ।
स्थानीय संस्कृति, परम्परा संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागिता जनाई कार्यक्रम सफल बनाउन महाकुलुङ गाउँपालिकाले सबै सरोकारवाला र सर्वसाधारणलाई आग्रह गरेको छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्