एनपीएल फाइनलको टिकट केही बेरमै सोल्ड आउट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुला गरिएको केही समयमै सकिएको छ । शनिबार हुने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको उपाधि भिडन्तका लागि बिहीबार बेलुकी ८ बजेदेखि डिजिटल वालेट खल्तीमार्फत टिकट बिक्री खुलाइएको थियो ।

टिकट बुकिङ सुरु हुनासाथ खल्ती एपमा अत्यधिक ट्राफिकका कारण प्राविधिक समस्या देखिएको थियो । धेरैजसो प्रयोगकर्ताले एप नचलेको र टिकट काट्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् । यद्यपि, खुलाइएको केही समयभित्रै सबै क्याटेगोरीका टिकटहरू सोल्ड आउट भइसकेका छन् ।

फाइनल खेलका लागि सामान्य जोनहरूतर्फ १,००० रुपैयाँ र प्रिमियम,भीआईपी तर्फ २,००० रुपैयाँ टिकट दर तोकिएको थियो ।

टिकट सोल्ड आउट भएसँगै अन्य क्रिकेट प्रेमीहरूले अब टेलिभिजन तथा डिजिटल प्लेटफर्म मार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्नुपर्ने भएको छ । एनपीएलको फाइनल खेल शनिबार दिउँसो साढे ३ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *