|
२०८२ मंसिर २४
काठमाण्डौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो । काठमान्डुका सन्तोष यादवले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३/३ विकेट लिए ।
यो खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । दोस्रो संस्करणको एनपीएलको फाइनल आउँदो शनिवार हुनेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्